खोक्न/फ्लस गर्न र कुकरको सिठ्ठी बजाउन पनि सोच्नुपर्ने, लाग्नसक्छ जरिवाना !

काठमाडौं । नेपाल प्रहरीले शान्त समाज निर्माण लागि २३ बुँदे सूचना निकाल्दै विभिन्न कार्यहरु नगर्न अनुरोध गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जारी गरेको शान्त तथा अवरोधमुक्त छिमेकी अभियानसम्बन्धी सूचनामार्फत् राती अबेर वा बिहानै प्रेसर कुकरमा सिठ्ठी लगाए ३ लाख जरिवाना लाग्न सक्ने जनाएको छ ।

ध्वनि प्रदूषण नियन्त्रण र सभ्य समाज निर्माणका लागि प्रहरीले बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्न वा खकार्न पनि बन्देज लगाएको छ । त्यस्तै राती अबेर शौचालयको फ्लस गर्दा पनि बिचार गर्नुपर्ने प्रहरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

ध्वनी र धुवाँ प्रदूषणका कारण स्वास्थ्यका साथै गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारिरीक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भन्दै ५ विषयहरुमा २३ बुँदा उल्लेख गर्दै विभिन्न सचेतना जगाउने प्रयास गरेको छ ।

तर, सूचनामा उल्लेख गरिएका केही बुँदाहरूले नागरिकको व्यक्तिगत जीवन र सामान्य क्रियाकलापमा पनि प्रहरीले हस्तक्षेप गरेको जस्तो देखिएको छ ।

अधिकांश बुँदाहरु उपयुक्त नै भए पनि केही बुँदाहरुले भने प्रहरीप्रति आमजनतामा नकारात्मक सोच आउनसक्ने खालका देखिएका छन् । ती मध्ये बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने, खकार्ने नगरौं, राती अबेर शौचालयको फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाऔं, राती अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्टी लगाउने कार्य नगरौं, भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पन्न नगरौं, जस्ता बुँदाहरुले अस्वाभाविक लाग्नसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =