सरकारको सम्पर्कमा आयो फेसबुक, माग्यो दर्ता हुन चाहिने विवरण

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपाल सरकारसँगको औपचारिक दर्ता प्रक्रिया अघि बढाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।

सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुर कार्यालयमा कार्यरत एक कर्मचारीले मन्त्री गुरुङका स्वकीय सचिव (पीए) शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन् ।

‘मेटाको सिंगापुरस्थित कार्यालयमा कार्यरत अन्सारी थरका एक कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि आवश्यक पर्ने कागजातबारे जानकारी माग्नुभएको रहेछ,’ प्रवक्ता ठाकुरले भने, ‘त्यसपछि पीएले हामीलाई जानकारी पठाइदिन भन्नुभयो, हामीले ५ मिनेटमै आवश्यक विवरण इमेलमार्फत पठाइसकेका छौँ ।’

प्रवक्ता ठाकुरका अनुसार मन्त्रालयले आज साँझ करिब ५ बजे इमेल गरेर मेटालाई दर्ता र सूचीकरणका लागि आवश्यक प्रक्रिया तथा कागजातबारे जानकारी गराएको हो ।

नेपालमा सामाजिक सञ्जाल नियमनका लागि सरकारले तय गरेको दर्ता प्रक्रिया अनुसार मेटासहितका विभिन्न अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मलाई सम्पर्क गर्ने, विवरण माग गर्ने र औपचारिक दर्ता प्रक्रियामा ल्याउने प्रयास सरकारले थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + five =