एनआईसी एसिया बैंकका ग्राहकहरूलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा General Bed-Hospital Admit, Cabin-Hospital Admit, ICU Bed, Ventilator, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Operation, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, T.M.T., Endoscopy र Medicine स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =