एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछन् ।
एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा।ली। बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागिएको हो ।
सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवं ग्राहकहरूले हस्पिटलले प्रदान गर्ने सेवाहरूमा विशेष छुट पाउनेछन् । हस्पिटलले प्रदान गर्ने सेवाहरू बेड चार्ज, ल्याब टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्सरे, फजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी/परिवार र ग्राहकले ५ प्रतिशत देखि १५ प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ ।
सम्झौताले बैंक कर्मचारी/परिवार तथा ग्राहकहरूलाई उपचारको क्रममा राहत हुने विश्वास लिएको बैंकले जनाएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा। ली। का अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, कर्पोरेट पे, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्नेछ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गदै आइरहेको छ ।








