भायानेटले सुशान्त केसीलाई ब्राण्ड एम्बासडर नियुक्त गर्दै सुरु गर्यो ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘इन्टरनेट फर ड्रिमर्स’ को सुरुवात गरेको छ।

यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

सुशान्त केसीको यात्रा इन्टरनेटबाटै सुरु भएको थियो। आफ्ना गीतहरू अनलाइनमै राखेर चर्चित बनेका केसी आज नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार बनेका छन्। भायानेटले सुशान्तकै जस्तै सपना देख्ने अन्य युवाहरूलाई साथ दिने उद्देश्यले यस अभियान ल्याएको जानकारी दिइएको छ ।

कम्पनीका अनुसार ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रमहरू, र अनुभव आदानप्रदान गर्ने गतिविधिहरू मार्फत अगाडि बढाइनेछ।

यस अभियानले कन्टेन्ट क्रिएटर तथा डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई भायानेटसँगै ठुला सपना देख्न र इन्टरनेटको सही प्रयोग गरी ती सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको भायानेटले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =