सामाजिक सञ्जाल बन्द हुँदा ‘सुखद अनुभूति’ हुन्छ : एमाले महासचिव पोख्रेल
२०८२ भदौ १९ गते

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल बन्द भएपछि पुनः खल्बलिएका सामाजिक परम्पराहरू फर्काउने कोसिस गर्न आह्वान गरेका छन् । उनले सामाजिक सञ्जाल बन्द हुँदा ‘सुखद अनुभूति’ हुने बताएका हुन् ।
सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरु क्रमशः निष्कृय पार्ने प्रक्रिया आजबाट सुरु हुने जानकारी सञ्चार मन्त्रालयका अधिकारीहरूले दिएका छन् । फेसबुक, युट्युब लगायतका प्रमुख प्लेटफर्महरुलाई सूचीकरणमा आउन भदौ ९ गतेदेखि एक हप्ता समय दिइएको थियो, जुन अब सकिएको छ ।
पूर्व सञ्चारमन्त्री समेत रहेका पोख्रेलले फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जाल बन्द भइ नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोसिस गरौं । सुखद अनुभूति हुनेछ। ’
२०८२ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








