रोमाञ्चक बन्दै राष्ट्रिय महिला लिग छनोट

काठमाडौं । शिर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लबको हारसँगै जारी महिला राष्ट्रिय फुटबल लिग छनोटमा समूह ‘ए’ बाट होड रोमाञ्चक बनेको छ ।

समूहको शिर्ष दुई टोली सीधै राष्ट्रिय महिला लिगमा छनोट हुने प्रावधान रहेको छ । दुवै लिग खेल अन्तिम चरणमा पुग्दा समूहबाट छनोटका लागि प्रतिष्पर्धा रोमाञ्चक बनिरहेको छ । समूह ‘ए’ बाट दुई टोली नै छनोट हुन बाँकी छन् ।

समूह ‘बी’ बाट संकटा छनोट भइसकेको छ । सीधै छनोटबाट चार टोलीले राष्ट्रिय लिगमा स्थान बनाउँदा तेस्रो स्थान रहेको दुई टोलीबीच प्लेअफमा प्रतिस्पर्धा हुनेछन् ।

राप्ती फुटबल क्लवले बुधवार चर्च ब्वाइजलाई २–१ ले हराएसँगै समूह ‘ए’ बाट छनोट रोमाञ्चक बनेको हो । यो नतिजासँगै शिर्ष चारका टोली राप्ती, चर्च ब्वाइज, आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब र छहारी युवा क्लवको छनोट हुने सम्भावना देखिन्छ ।

लिगको ६ खेल पूरा गरिसकेको राप्तीको १३ अंक छ । समान एक खेल बाँकी रहेका चर्च ब्वाइज र आरएस रिसोर्टको समान १२ अंक छ ।

चर्च ब्वाइज र आरएस रिसोर्टले समान एक खेल बाँकी छ । एक खेल नै बाँकी रहेको चौथो स्थानको छहारीको १० अंक छ । आगामी शनिबार अन्तिम खेलमा चर्च ब्वाइज र छहारी युवा क्लव भिड्नेछन् ।

यो खेलले नै छनोट हुने अर्को टोलीको टुङ्गो लाग्नेछ । आरएस रिसोर्टले भने बिहीबार नै स्टुडेन्ट फुटबल क्लवसँग खेल्नेछ । यो खेलमा बराबरी या जितले नै आरएस रिसोर्टलाई राष्ट्रिय लिगमा स्थान बनाउन पर्याप्त हुनेछ ।

चर्च ब्वाइजले राष्ट्रिय लिगमा छनोट हुन एक अंक आवश्यक रहेको अवस्थामा बुधबार राप्तीलाई नतिजा सुम्पिएको हो । राप्तीका लागि मनीषा सेनले गोल गरिन् । एक गोल राप्तीले आत्मघाती उपहार प्राप्त ग¥यो ।

चर्च ब्वाइजका लागि माया मास्केले गरेको गोल सान्त्वना बन्यो । चर्च ब्वाइजले अन्तिम तथा निर्णायक खेलमा शनिबार छहारी युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

चौथो स्थानको छहारीलाई अन्तिम लिग खेलमा जितबाहेक अन्य विकल्प हुने छैन । अर्को समूह ‘बी’ न्युरोड कर्नर टिम (एनआरटी) पनि बुधबार बुटवल लुम्बिनी एफसीमाथि २–० को जितसँगै एन्फा राष्ट्रिय लिगमा छनोटनजिक पुगेको छ ।

एनआरटीको जितमा जुना तामाङ र प्रतीक्षा चौधरीले गोल गरे । यो समूहबाट संकटा छनोट भैसकेको छ । अब सीधै छनोट हुनका लागि एक स्थान बाँकी छ । अब एनआरटीसँगै तेस्रो स्थानको झापाको सम्भावना छ ।

यो जितसँगै एनआरटीले पाँच खेलबाट १२ अंक जोड्यो । यो जितपछि पनि एनआरटी दोस्रो स्थानमा यथावत नै छ । समान पाँच खेल खेलेको झापा ९ अंकसहित तेस्रो स्थानमा छ ।

छैटौं चरणको खेलमा तेस्रो स्थामा रहेको झापा एफसीले बराबरी गरेको खण्डमा एनआरटी यो समूहबाट राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टोली बन्नेछ ।

अन्तिम लिग खेलमा झापाले बिहीवार लम्की फुटबल ट्रेनिङ सेन्टरसँग र एनआरटीले शुक्रवार संकटा क्लवसँग खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =