कञ्चनपुरमा बल्मा नदीमा बगेर एक युवा बेपत्ता, खोजी कार्य जारी

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित बल्मा नदीमा बगेर एक जना बेपत्ता भएका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २० वर्षीय बलिभद्र राना बल्मा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बाहेराले जानकारी दिए ।

प्रहरीका अनुसार आज दिउँसो उक्त नदीको साइफनमा हाम फालेपछि राना बेपत्ता भएका हुन् ।

‘बेपत्ता रानाको खोजीकार्यमा जिल्ला प्रहरी कार्यालयबाट १२ जना प्रहरी खटिएको छ’, उनले भने ‘विपद् व्यवस्थापन महेन्द्रनगर गुल्मबाट समेत छ जना प्रहरीको टोली खोजीकार्यमा खटिएको छ ।’

कञ्चनपुरमा आइतबार रातिदेखिको अविरल वर्षाका कारण यहाँका नदीमा पानीको सतह बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =