लहानमा आमा र छोरा मृत फेला, ९ महिनाका कान्छा छोरा पनि सिकिस्त

जनकपुरधाम । सिरहाको लहानमा एक महिला र उनका छोरा मृत फेला परेका छन् । लहान नगरपालिका–१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान करिब १० बजे आमालाई कोठाभित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा फेला पारिएको हो । त्यस्तै, खाटमाथि जेठो छोरा एरोन सिकिस्त अवस्थामा भेटिएका थिए ।

कोठाभित्रै रहेका ९ महिनाका कान्छा छोरा गम्भीर अवस्थामा भेटिएका छन् । उनको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबेला कोठाभित्रबाट ढोका चुकुल लगाइएको थियो । रञ्जिता चौधरीले भाडाको फ्ल्याटमा दुई छोरासँगै बस्दै आएकी थिइन् । घरभित्रबाट आवाज नआएपछि शंका लागेर स्थानीयले खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको र ढोका फोरेर भित्र पसेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घरायसी विवादकै कारण दुई छोरालाई विषादी खुवाएर रञ्जिता चौधरीले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । घटनाको यकिन कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =