आसामसँग निर्णायक खेल खेल्दै नेपाल ‘ए’
२०८२ भदौ १६ गते

काठमाडौं । नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग पाचौं तथा अन्तिम टी२० खेल खेल्दैछ । उक्त खेल भारतको गुवाहाटीमा साँझ ५ बजेबाट सुरु हुनेछ ।
उक्त खेल सिरिजको निर्णायक खेल हो । यो खेलमा जित निकाल्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ ।
दुवै टोलीले अघिल्लो दुई दुई खेलमा जित निकालेका छन् । पहिलो खेलमा आसामले नेपाललाई डीएलएस पद्धतिबाट १५ रनले पराजित गरेको थियो । नेपालले दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको थियो। चौथो खेलमा आसाम १८ रनले विजयी भएको थियो ।
नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग ५ खेलको टी-२० सिरिज खेलेको छ ।
२०८२ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








