घट्यो पेट्रोलियम पदार्थको मूल्य, आजबाट कतिमा हुँदैछ बिक्री ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार जारी गरिएको एक प्रेस विज्ञप्तिअनुसार, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाइएको हो ।

नयाँ मूल्यसूची आजदेखि लागू भएको छ ।  निगमका अनुसार, डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको छ । यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ७ अमेरिकी डलरले काठमाडौँका लागि मूल्य समायोजन गरिएको छ ।

यद्यपि, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटेर आएको भए पनि नेपालमा यसको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ । त्यसैगरी, खाना पकाउने एल.पी. ग्यासको मूल्यमा पनि कुनै परिवर्तन नगरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =