रुकुम पश्चिमका कैदीबन्दीलाई पुस्तक तथा खेल सामग्री वितरण
२०८२ भदौ १५ गते

त्रिवेणी । अठारौँं पुस्तकालय दिवसको अवसरमा जिल्ला कारागार रुकुम पश्चिमका कैदीबन्दीहरूलाई रु ५० हजार बराबरका पुस्तक तथा खेल सामग्री वितरण गरिएको छ ।
जनविकास पुस्तकालय र पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ रुकुम पश्चिमको संयुक्त पहलमा आज उक्त सामग्री वितरण गरिएको हो । वितरण कार्यक्रममा उपन्यास, निबन्ध, कविता, गजल सङ्ग्रहसहितका पुस्तक र कापी उपलब्ध गराइएको छ ।
जनविकास पुस्तकालयका सहसचिव ओमबहादुर केसीले कैदीबन्दीहरूलाई सृजनशील बनाउन पुस्तक उपलब्ध गराइएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, कर्णाली प्रदेशका पूर्वसचिव भरतकुमार शर्मा, जनविकास पुस्तकालयका कार्यवाहक अध्यक्ष नारायणप्रसाद शर्मा, पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घका जिल्ला अध्यक्ष कर्ण ओलीलगायतले पुस्तक तथा खेल सामग्री हस्तान्तरण गरेका थिए ।
२०८२ भदौ १५ गते
प्रतिक्रिया








