डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ सस्तो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट समायोजनसहितको नयाँ मूल्य प्राप्त भएपछि निगमले मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ । पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ ।

त्यस्तै, हवाई इन्धनमा आन्तरिक उडानका लागि प्रतिलिटर १ रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रति किलो लिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।

पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय उडानका लागि भने हवाई इन्धनमा ब्रेकइभेन मूल्य कायम गरिएको छ । नयाँ मूल्य समायोजन शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =