‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक एक्स्पो’ सम्पन्नः २७ हजारले गरे अवलोकन

काठमाडौं । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ ।

गत शुक्रवारबाट शुरु भएको प्रदर्शनी आईतवार सम्पन्न भएको हो । प्रदर्शनीको आईतवार दिउँसोसम्म २७ हजार बढीले अवलोकन गरेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।

प्रदर्शनीमा नेपालसहित विभिन्न देशका १ सय ५० भन्दा बढी स्टलहरु राखिएका थिए । बढ्दो जलविद्युत उत्पादनलाई विभिन्न विद्युतीय माध्यममार्फत खपत बढाउने, आयात प्रतिस्थापनमा सहयोग पु¥याउने र ऊर्जा व्यवसायलाई सबल बनाउने उद्देश्यले आयोजना गरिएको प्रदशर््नी सफलतापूर्वक सम्पन्न भएको प्रबन्ध निर्देशक भट्टराईले बताए ।

उनले देशबाहिरका कम्पनीहरुले समेत नेपालमा पाउर सेक्टरको राम्रो सम्भावना रहेको सन्देश बोकेर फर्किएको बताए । उनले अगामी वर्षहरुमा हुने प्रदर्शनीमा अझै गुणस्तरीय र एडभान्स सामग्रिसहित नेपाल आउने आश्वासन समेत विदेशी कम्पनीहरुले दिएर गएको बताए ।

अगामी वर्षहरुमा पाउर क्षेत्रका सामग्रिको सहज पहुँच विस्तारका लागि प्रदेश र जिल्ला स्तरमा प्रदशर्नी आयोजना गर्नेगरी गृहकार्य भइरहेको उनको भनाइ छ ।

प्रदर्शनीमा स्टिलमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल, कन्डक्टर, नविनतम प्रकारका स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री राखिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =