मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय भयो : सांसद महतो

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रकुमार महतोले आम मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय रहेको भन्ने परेको बताएका छन् ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले वन मन्त्रालयमाथी परेको यो भ्रमलाई चिर्न सक्नुपर्ने बताए । नेपाललाई समृद्ध बनाउन पछिल्लो समय हाईड्रोपावरमा लगानी बढाउने क्रम बढेको उल्लेख गर्दै उनले त्यसमा वन मन्त्रालयले सहज गर्नुपर्नेमा जोड दिए ।

उनले हाल धेरै लगानी भएका, लाईसेन्स पाइसकेर काम अगाडी बढेका जलविद्युत आयोजनाका कामहरु रोकिएको अवस्थामा रहेको बताए ।

वन मन्त्रालयले यसमा केही सहज गरिदिन खोजे एनजिओ, आईएनजिओ मार्फत जनजिवन धानिरहेकाहरुले मुद्दा हाल्दिने चलन रहेको पनि उनको आरोप छ । मुद्दा परेपछि वन मन्त्रालयले पनि काम ठप्प पारेर बस्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =