उखु किसानद्वारा काठमाडौँमा धर्ना

काठमाडौँ । गत आ.व २०८१/८२ को उखुको बक्यौता अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ भुक्तानी गर्न दबाब दिँदै आएका उखु किसानहरूले शुक्रवार पनि काठमाडौँमा धर्ना दिएका छन् ।

उखु उत्पादक संघ नेपालको नेतृत्वमा आन्दोलन गर्दै आएका उनीहरूले सरकारलाई आफूहरूको माग सम्बोधन गर्न दबाब दिँदै काठमाडौँको माइतीघर मण्डलामा धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् । उखुको मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित हुनुपर्ने, अनुदान तत्काल उपलब्ध गराउनुपर्ने, उखुमा लाग्ने भ्याट खारेज गर्नुपर्ने किसानहरूको मुख्य माग छ ।

त्यस क्रममा उनीहरूले आफूहरूको माग सम्बोधन नगरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत लगाएका छन् । १३ जिल्लाबाट काठमाडौँमा आन्दोलन गर्दै आएका उखु किसानहरूले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =