आफैलाई जलाएका हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु

काठमाडौं । रौतहटकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ ।

उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनले रुबिको हत्या गरेको स्वीकार गरेका उनले आज आफ्नै शरीरमा आगो लगाएका थिए ।

जलेर घाइते भएका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । तर, उनको उपचार सम्भव हुन सकेन ।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

हत्या आरोपी भनिएका पासवाना भने आत्मदाह प्रयास गरेको अवस्थामा आज बिहान फेला परेका थिए । उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =