पाकिस्तान शाहिन्ससँग नेपाल पराजित
२०८२ भदौ ६ गते

काठमाडौँ । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत आजको खेलमा नेपाल पाकिस्तान शाहिन्ससँग पराजित भएको छ ।
जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रन मात्रै जोड्न सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्ध शतक बनाए पनि जितका लागि पर्याप्त भएन । उनले ४४ बलमा ५२ रन बनाए ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रनको आक्रामक पारि खेले । तर, अन्तिम बलमा दुई रन जोड्ने क्रममा रन आउट भए ।
ओपनर आसिफ शेखले २७ रनको योगदान दिए । उनले ३० बलको सामना गरेर २७ रन मात्रै जोड्न सके ।
लोकेश बमले १०, कुशल भुर्तेलले ४ रन बनाए । गुलसन झा ३ रनमा रन आउट भए भने कुशल मल्लले २ रन मात्रै जोड्न सके । आरिफ शेख २ रनमा नट आउट रहे ।
२०८२ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








