ट्विनअटर अभावले दुर्गममा हवाई सेवा पुर्याउन समस्या भयो : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमन्त्री बद्री पाण्डेले ट्विनअटर विमानको अभावका कारण दुर्गम क्षेत्रमा हवाई सेवा विस्तार गर्न नसकिएको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म विमानस्थलको संख्या बढ्दै गएको भएपनि ट्विनअटर विमानको अभावमा सेवा पुर्याउन समस्या भइरहेको उनको भनाइ छ । उनले साना विमानहरू थप्नेबारे सरकारले विभिन्न विकल्पका बारेमा सोचिरहेको समेत बताए ।

उनले सात वटा प्रदेशमा सात वटा ट्विनअटर विमान राख्न तीन तहको सहभागिता र निजी क्षेत्रलाई समावेश गराउने सरकारको योजना रहेको बताए ।

उनले यात्रुको सहजताको लागि हवाई सेवालाई प्रभावकारी र नियमित गराउन सरकार लागि परेको समेत जिकिर गरे ।

उनले भने ‘ताप्लेजुङको सुकेटारदेखि पश्चिम दार्चुलाको गोकुलेसम्म साना एयरपोर्टहरू बढेका छन् । कर्णाली प्रदेशमा मात्रै ९ वटा विमानस्थलहरू सञ्चालनमा छन् । तर ट्विनअटर विमानको संख्या घटेको कारणले थोरै ट्विनअटरले सेवा दिन सकिरहेका छैनन् । अहिले जम्मा ७/८ वटा ट्विनअटर मात्रै सञ्चालनमा छन् । तिनले त्रिभुवन विमानस्थलमा मात्रै सेवा दिन खोजिरहेका छन् । तर अपर्याप्त छन् । अब यसको के उपाय गर्ने भनेर सरकारले विभिन्न किसिमले सोचिरहेको छ । सात वटा प्रदेशमा सात वटा ट्विनअटर विमान तीन तहको सहभागितामा निजी क्षेत्र समेत सम्मिलित भएर सम्भव हुन्छ कि अथवा अरू के विकल्प हुनसक्छ भनेर सोचिरहेको छ । जतिसुकै राम्रो सडक बनाए पनि यात्रुले १२ देखि १४ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थालाई आधा घण्टामा सम्भव गर्नको लागि साना प्लेनहरूको संख्या थप्नुपर्ने छ । यसबारे सरकारले सोचिरहेको छ ।’

उनले यात्रुले १२–१४ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थालाई आधा घण्टामा सम्भव बनाउन साना विमानहरू संख्या बढाउन अपरिहार्य रहेको उल्लेख गर्दै यसबारे सरकार सोचिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =