स्मार्ट ठगले नानीको बालाई नख्खुमै बोलाएछन् : महेश बस्नेत

काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो रास्वपाका सभापति रवि लामिछानेलाई भेटेको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यङ्ग गरेका छन् ।

सहकारी ठगीको आरोपमा जेलमा रहेका लामिछानेलाई ‘स्मार्ट ठग’ को संज्ञा दिँदै बस्नेतले अध्यक्ष दाहाललाई ‘नानीको बा’ भन्दै व्यङग्य गरेका छन् । ‘नो नोट अगेन’ को नारासहित स्मार्ट ठगले हिजो बा, देउवा र नानीका बालाई राजनीतिबाट निकाल्छु भन्थे,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विडम्बना, आज उल्टै जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाए छन् ।’

भैरहवा कारागारबाट भर्खरै नख्खु कारागारमा सारिएका रविलाई लिएर उनले व्यङ्ग गरेका हुन् । यसअघि पनि बस्नेतले रविका बारेमा सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी गर्दै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =