टप एण्ड टी–२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ ।

नेपालले आज भएको खेलमा होबर्ट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो । सिरिजमा नेपालले यसअघि खेलेका तीन खेलमा पराजित भएको थियो ।

जितका लागि नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको होबर्ट हुरिकेन्सले १६.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि नन्दन यादवले सर्वाधिक ५ विकेट लिए । उनले तीन ओभरमा १७ रन खर्चेर ५ विकेट लिएका हुन् ।

यस्तै, कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल, सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन जोडे । ओपनर आसिफ शेखले २९ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाए ।

भीम सार्कीले १८ रन बनाए । कप्तान रोहित पौडेलले ९ रन थपे ।

कुशल मल्लले ६ रन मात्रै जोड्न सके । करन केसीले १ रनको योगदान दिए । लोकेश बम २५ रनमा रनआउट रहे ।

उनले ११ बलको सामना गरेका थिए । नन्दन यादव पनि १ रनमा नटआउट रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =