संघीयता र समावेशी शासन प्रणालीको प्रभावकारी कार्यान्वयन हुन सकेन : सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले संघीयता र समावेशी शासन प्रणालीको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आइतबारको बैठकमा बोल्दै सांसद बस्नेतले संघीयता र समावेशी शासन प्रणालीको कार्यान्वयन कमजोर हुँदा व्यवस्था र अवस्थाबीचको खाडल कायमै रहेको बताएका हुन् ।

उनले मुलुकमा संघीय व्यवस्था लागू भएपनि व्यवहारमा अझै पुरानै सोचाई हावी हुँदा पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गर्न नसकिएको बताए ।

संघीय संचरनामा गएको भएपनि मनस्थिति बदल्न नसक्दा संघीयताको अभ्यास कमजोर भएको उनको भनाइ छ ।

उनले बजेट विनियोजन गर्दा संघबाट कुनैमा जति बजेट एउटा प्रदेशले विनियोजन गर्दा समावेशी शासन प्रणाली कमजोर हुँदै गएको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =