‘अदालतको गरिमा भत्किने गरी समाचारहरु प्रकाशन भए टुलुटुलु हेरेर बस्दैनौँ’

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा पत्रकारको पहुँचका लागि इजलासमै छुट्टै स्थान बनाएर बस्ने व्यवस्था मिलाउने बताएका छन् ।

ललितपुरमा आयोजित सर्वोच्च अदालतमा मुद्दा वक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरु विषयमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पत्रकारको न्यायालयमा सहज पहुँच नभएको भन्ने गुनासोप्रति आफू गम्भीर रहेको बताए । उनले सूचना दिनका लागि आफूहरु प्रयत्नशिल रहेको उल्लेख गर्दै इजलासमै बस्नका लागि पनि बाहिर छुट्टै स्थान बनाउने व्यवस्था गर्ने बताए ।

अदालतको बारेमा टिकाटिप्पणी, आलोचना नहोस् भन्ने आफूले नठान्ने तर नभएको तथ्य उजागर गरेर अदालतको हुर्मत लिने काम नगर्न चेतावनी दिए । अदालतबाट मान्छेको भरोसा डग्मगाएको भए यसरी लाखौँ मुद्दा दर्ता नहुने उनको भनाइ छ ।

आफू पूर्ण प्रेस स्वतन्त्रताको हिमायती रहेको उल्लेख गर्दै न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा भत्किने गरी समाचारहरु प्रकाशन भए अदालतले टुलुटुलु हेरेर नबस्ने बताए ।

न्यायालयले आफ्नो मर्यादा ननाघ्ने र संयमता पनि नगुमाउने स्पष्ट पारे । मर्यादा र संयमता भित्र पूर्ण प्रेस स्वतन्त्रतालाई कसरी सम्मान गर्ने भन्नेकुरामा न्यायिक नेतृत्व सजग र संवेदनशिल रहेको उनको भनाइ छ ।

प्रधानन्यायाधीश राउतले न्यायालयलाई भरोसा र विश्वासको केन्द्र बनाउन आफूहरु लागिपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =