जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता

काठमाडौँ । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

बिहीबार काठमाडौँमा दुवै पार्टीले कार्यगत एकताको पत्रमा सहमति जनाएका हुन् । जसपाको तर्फबाट अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट अध्यक्ष राजेन्द्र महतोले सहमति पत्रमा हस्ताक्षर गरे ।

कार्यगत एकता भएपछि पनि अन्य कुनै दलसँग छुट्टै सहकार्य, कार्यगत एकता, मोर्चा निर्माण वा दल एकता गर्नलाई यो कार्यगत एकता वाधक नहुने बताइएको छ । त्यस्तो अवस्थामा पनि यो कार्यगत एकता कायमै रहने र आचारसंहिता दुई दलबिचको केन्द्रीय संयोजन समितिले पारित गरी जारी गरेका निर्देशनहरू तथा प्रदेश र जिल्ला संयोजन समितिहरूले गरेका निर्णयहरू दुवै दलले पालना गर्नुपर्नेछ ।

जुन दलले बैठकको अध्यक्षता गरेको हुन्छ सोही दलले पत्रपत्रिका, टेलिभिजन, एफ।एम।लगायतका सञ्चार माध्यमहरूको समन्वय र बैठकका निर्णयहरूको बिफिङ गर्ने बताइएको छ ।

संयुक्त रूपमा गरिने सार्वजनिक कार्यक्रमहरूमा दुई दलबिचको कार्यगत एकताको उद्देश्य, नीति र कार्यक्रमको आधारमा आफ्नो मन्तव्य दिनुपर्ने सहमति भएको छ । प्रत्येक घटकहरूले आफूलाई दिएको जिम्मेवारी समयमै पूरा गर्नुपर्ने र संयुक्त कार्यक्रमहरूमा एउटा पार्टीले अर्को पार्टीमाथि आरोप प्रत्यारोप गर्न तथा कार्यगत एकताको नीति विरुद्ध सार्वजनिक टीकाटिप्पणी गर्न नपाइने उल्लेख छ ।

आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न दुवै दल स्वतन्त्र हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =