रविलाई काठमाडौँ अड्डासार गरी रास्वपाको आँसुको व्यापार बन्द गरौँ : सांसद मिजार

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ अड्डासार गरी राष्ट्रिय स्वतन्त्र पार्टीको आँसुको र भावनाको व्यापार गर्ने दोकान बन्द गर्नुपर्ने टिप्पणी गरेकी छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद मिजारले भैरहवा कारागारको सुविधाको विषयलाई लिएर रास्वपाले भावनाको व्यापार गरिरहेको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताएकी हुन् ।

उनले सहकारी ठगी मुद्दाका अभियुक्त लामिछानेलाई छुट्टै कोठा र टेलिफोनको सुविधा दिइएको भन्दै के सबै बन्दीलाई समान सुविधा दिन सकिन्छ रु भन्दै प्रश्न गरिन् । उनले रास्वपाको संवेदना र भावनाको व्यापार रोक्न लामिछानेलाई आजै काठमाडौँ अडडसर गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन् ‘केही दिनदेखि भैरहवा कारागारमा सेवा सुविधा नभएको माननीयज्यूहरूले आवाज उठाइरहनु भएको छ । सञ्चारमाध्यममा पनि यस्तो सुनिएको छ । भर्खरै यही विषयमा रुपन्देही कारागारले जारी गरेको विज्ञप्ति पनि पढे सभामुख महोदय । सो विज्ञप्तिअनुसार कुल २५० बन्दी राख्ने क्षमता रहेको यो कारागारमा हाल ६४० जना बन्दी रहेको बुझियो । सोही कारागारमा विगत चार महिनादेखि सहकारी ठगी मुद्दामा रहेका पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत रहनु भएको छ । उहाँलाई छुट्टै कोठा र टेलिफोनको समेत सुविधा दिइएको छ । के उहाँको जस्तै सबै बन्दीहरूलाई उहाँको जस्तै सुविधा प्रदान गर्न सम्भव छ ? के सबै जनालाई समान मानव अधिकारको हक छैन ? तर एउटा पार्टीले यसलाई समवेदनाको व्यापार गरिरहनु भएको छ । त्यसैले म सभामुख महोदयमार्फत सरकारलाई अनुरोध गर्दछु । यो आँसुको र भावनाको व्यापार गर्ने दोकान बन्द गरिदिनुहोस् । उहाँलाई भैरहवाबाट आजै काठमाडौँ सार्ने व्यवस्था गरोस् । म सभामुख महोदयमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सबै बन्दीहरूलाई समान अधिकार प्रदान गर्ने विषयमा जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =