एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बेनपछिको एक वर्षमा तीन दर्जन ऐन, कानूनहरु संशोधन भएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यसले देशमा सुशासन प्रवर्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको बताए । आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरू ल्याएको प्रधानमन्त्रीको दाबी छ ।

यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको बताए । अर्थतन्त्र पनि ४ खर्ब रुपैयाँले विस्तार भएको बताए । गत वर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र रहेको बताए । सरकारको कार्यकालको पहिलो ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेको बताए ।

उनले भने, ‘यो एक वर्षभित्र तीन दर्जन ऐन कानूनहरू संशोधन भए । यसले देशमा सुशासन प्रवर्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको छ, आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरू ल्याएको छ । यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ । हाम्रो अर्थतन्त्र रु ४ खर्बले बिस्तार भएको छ । भनिरहन नपर्ला, गत वर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र थियो । देशका विभिन्न स्थानमा भएका विपद्जन्य घटना र विश्वव्यापी प्रतिकूलता बीच पनि राजश्व सङ्कलनमा ११.३ प्रतिशतले वृद्धि भएको छ । यो सरकारको कार्यकालको पहिलो ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेको छ । यो रु. १५ खर्ब ३३ अर्ब पुगेको छ । वस्तु निकासीमा हालसम्मकै उच्च, ८१.८ प्रतिशतले वृद्धि भएको छ । चालु खाता र शोधनान्तर दुवै बचतमा छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च छ, यसले १४.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्छ । वित्तीय क्षेत्रका सूचक सबल रहेका छन् । वित्तीय पहुँच बढेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । जनसङ्ख्याको करिब ४८ प्रतिशत बीमाको दायरामा आएको छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी (फिच) बाट पहिलो पटक मुलुकको समष्टिगत वित्तीय अवस्था तथा साख क्षमताको यथार्थ चित्रण गर्ने नेपालको सार्वभौम साख मूल्याङ्कनको (सोभरन क्रेडिट रेटिङ) कार्य सम्पन्न गराइएको छ । उक्त मूल्याङ्कनवाट नेपालले दक्षिण एसियामा दोस्रो उत्कृष्ट बीबी माइनस रेटिङ प्राप्त गरेको छ, यसले लगानीका लागि नेपालमा राम्रो वातावरण बन्दै गएको देखाउँछ ।’

प्रधानमन्त्री ओलीले पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको र जनसङ्ख्याको करिब ४८ प्रतिशत बीमाको दायरामा आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =