राप्रपाको प्रश्तावः श्रेष्ठ वा कार्कीमध्ये एक जनाको अध्यक्षतामा भिजिट भिसा प्रकरणको छानबिन गरौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन् । उनले अहिले पनि भिजिट भिसामा विदेश पठाउने प्रक्रियामा अवैध असुली धन्दा चलिरहेको आरोप लगाए ।

सांसद सिंहले पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ वा सुशिला कार्कीमध्ये एक जनाको अध्यक्षतामा छानविन समिति गठन गर्न माग गरे । ‘यो काण्डमा पनि उच्चस्तरीय छानविन आयोग नबन्ने हो भनेदेखि पूर्वन्यायाधीशको नेतृत्वमा छानविन आयोग बनाउन कसले रोकेको छ ? सभामुख महोदय यो सदनका सबै माननीयज्यूहरु पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ अथवा सुशिला कार्कीको अध्यक्षता छानविन समिति गठन गरौँ । यदि छानविन समिति बन्दैन भने भत्ता समेत नलिकन राप्रपाले बैठक बहिस्कार गर्नेछ’ उनले भने ।

भिजिट भिसा प्रकरणबारे छानविन समिति गठन नभएसम्म आफ्नो पार्टीका सांसदहरूले भत्ता नलिई संसद बैठक बहिष्कार गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =