दिल्लीबाट बेवारिसे कुकुर हटाउन भारतीय सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्ली र वरपरका क्षेत्रमा रहेका बेवारिसे कुकुरहरू हटाउन आदेश दिएको छ ।

कुकुरको टोकाइका घटनामा वृद्धि भएपछि सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै अदालतले सहरका अधिकारीलाई ८ हप्ताभित्र कुकुर आश्रय स्थापना गर्न र समातिएका कुकुरको दैनिक विवरण राख्न निर्देशन दिएको हो ।

अदालतले एकपटक समातिएका कुकुरलाई पुनः सडकमा छोड्न नपाइने स्पष्ट पारेको छ । साथै, कुकुर हटाउने कार्यमा अवरोध पुर्‍याउने पशु अधिकारकर्मीहरूमाथि कारबाही हुने चेतावनी दिएको छ ।

रेबिज नियन्त्रणका लागि २४ घण्टा हेल्पलाइन सञ्चालन गर्न, खोप केन्द्रहरूको जानकारी सार्वजनिक गर्न पनि अदालतले आदेश दिएको छ ।

भारतमा हरेक वर्ष लाखौं कुकुरको टोकाइका घटना हुने गर्छन्। सन् २०२४ मा मात्रै ३७ लाखभन्दा बढी व्यक्ति कुकुरको टोकाइबाट प्रभावित भएका थिए भने ५४ जनाको रेबिजका कारण मृत्यु भएको सरकारी तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =