प्रदीप ज्ञवालीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । मदन—आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले शपथग्रहणपछि बोल्दै अब प्रतिष्ठानलाई कुन दिशामा अघि लैजाने र कसरी अघि बढाउने भन्नेबारेमा प्रतिष्ठानको सोमवार बस्ने बैठकमा छलफल हुने बताए ।

वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारीहरू उत्पादन गर्नेगरी प्रतिष्ठानले काम गर्ने बताए । प्राविधिक शिक्षालाई प्रतिष्ठानले प्रभावकारी बनाउने गरी अघि बढाइने बताए । एकेडेमिक एक्सलेन्सका रूपमा प्रतिष्ठानलाई अघि बढाउने गरी आफूहरूले विचार गरिरहेको बताए ।

उनले मदन—आश्रितका विचारहरू अघि बढाउने गरी नै प्रतिष्ठानले भूमिका खेल्ने दाबी गरे । प्रतिष्ठानको सदस्यका रुमपा सुरेश चापागाईँले समेत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रतिष्ठानका अध्यक्ष ज्ञवालीले शपथ खुवाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =