नेपालमा ‘Forthing Friday EV’ सार्वजनिक, प्रारम्भिक मूल्य ५०.९६ लाख

काठमाडौं । नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन बजारमा एक नयाँ मोड टर्न भएको छ ।

लक्ष्मी ई-मोबिलिटीले चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी Forthing को पहिलो मोडेल Friday EV नेपाली बजारमा सार्वजनिक गरेको छ ।

अगस्ट ६ देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको राष्ट्रिय अटो प्रदर्शनी NAIMA 2025 को उद्घाटन समारोहमा Friday EV सार्वजनिक गरिएको हो । NAIMA नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसनद्वारा आयोजित प्रदर्शनी हो ।

Forthing Friday EV दुई भेरियन्टमा उपलब्ध छ — लक्जरी र एक्सक्लुसिभ — जसको मूल्य क्रमशः रु ५०.९६ लाख र रु ५६.९६ लाख निर्धारण गरिएको छ । तर, NAIMA 2025 अन्तर्गत सीमित अवधिको लागि रु २ लाख छुट र एक वर्षको अटो+ बीमा को अफर दिइएको छ । यो अफर पश्चात लक्जरी भेरियन्ट रु ४८.९६ लाख मा र एक्सक्लुसिभ रु ५४.९६ लाख मा उपलब्ध हुनेछ ।

Friday EV मा ६४.४ kWh क्षमताको ब्याट्री र ९९ kW को मोटर जडान गरिएको छ, जसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन सक्छ । गाडीको भित्री डिजाइन आरामदायी र प्रयोगमैत्री बनाइएको छ । प्रिमियम मसाज स्पोर्ट्स सीट, स्मार्ट इर्गोनोमिक इन्टेरियर र इलेक्ट्रिक टेलगेट (एक्सक्लुसिभ भेरियन्टमा) जस्ता सुविधाहरू यसलाई आफ्नो सेग्मेन्टमा विशेष बनाउँछन् ।

Forthing Friday EV ले प्रिमियम डिजाइन, सुविधा र प्रदर्शनलाई प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध गराउँदै नेपाली EV बजारमा मूल्य–मूल्यवत्ता सन्तुलन ल्याएको बताइएको छ । लक्जरी चाहना राख्ने, तर बजेटमा रहने प्रयोगकर्तालाई लक्षित गर्दै यो गाडी ल्याइएको हो ।

Forthing सँगको सहकार्यमार्फत लक्ष्मी ई-मोबिलिटीले भविष्यको वातावरणमैत्री सवारी साधनहरूमा आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । कम्पनीले नेपालमा विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यले निरन्तर नवप्रवर्तनमा जोड दिइरहेको छ ।

NAIMA प्रदर्शनी श्रावण २६ गते (अगस्ट ११) सम्म जारी रहनेछ । भृकुटीमण्डपस्थित स्टल A4 मा Forthing Friday EV प्रत्यक्ष अवलोकन गर्न सकिनेछ । इलेक्ट्रिक सवारीसाधनको भविष्य अवलोकन गर्न चाहनेका लागि यो उत्कृष्ट अवसर बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 11 =