निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना गर्न असम्भव : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने बताएका छन् ।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकारात्मक रुपमा लैजानुपर्ने बताएका हुन् । हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको उनको भनाई छ ।

जनताको धारणा निजी क्षेत्रप्रति सकारात्मक नभएसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुरा असम्भव रहेको उनले बताए ।

उनले भने, ‘जबसम्म आम मानिसको निजी क्षेत्रप्रति जुन छाप परेको छ । निजी क्षेत्रले गरेको जुन योगदान छ, त्यसलाई सकारात्मक हिसाबले जबसम्म आममानिसमा त्यो म्यासेज दिन सक्दैनौँ, उनीहरुको धारणा बनाउन सक्दैनौ तबसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुराहरू, पूर्वाधार बढाउने कुराहरू असम्भव छ ।’

उनले सरकारले रोजगार सिर्जना गर्न धेरै गाह्रो रहेको बताए । तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रतिष्ठान खोल्यो भने त्यहाँवाट तत्काल धेरैलाई रोजगार दिनसक्ने बताउनु भयो । उनले निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिएका छन् ।

उनले भने, ‘सरकारले रोजगार सिर्जना गर्ने कुरा धेरै गाह्रो छ तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रतिष्ठान, व्यवसायीक गतिविधि ग¥यो भने त्यसले हजारौँ जनालाई तुरुन्तै रोजगार दिन सक्ने, रेभिन्यु दिनसक्ने अवस्था छ । त्यसकारण निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ ।’

सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने पछिल्लो समय फेरिँदै गएको उनको भनाई छ । सरकारले केही कानुनहरूलाई संशोधन गरेर निजी क्षेत्रमैत्री बनाएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =