एमाले शीर्ष नेताद्वारा महाधिवेशनस्थल अवलोकन

काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरूले दोस्रो विधान महाधिवेशनस्थल ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको अवलोकन गरेका छन् ।

एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य प्रमुख कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीलगायतका नेताहरूले आज महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुँदै छ ।

महाधिवेशनमा विधान महाधिवेशनमा करिब दुई हजार दुई सय ७९ जना प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशन सफल बनाउनका लागि पार्टीले विभिन्न नेताहरूलाई व्यवस्थापनको जिम्मेवारी तोकिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + six =