गृह प्रशासनको प्रयोग गरेर मिडियालाई निस्तेज पार्ने काम सह्य हुँदैन : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकार निरंकुशतातिर प्रवेश गरेको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गृह प्रशासनको प्रयोग गरेर सञ्चारमाध्यमलाई निस्तेज पार्ने काम सह्य नहुने चेतावनी दिए ।

सञ्चारमाध्यमहरुले पनि सत्यतथ्यमा आधारित समाचार मात्रै दिनुपर्ने बताए । ‘मिडियाका सन्दर्भमा सरकारले गृह प्रशासनलाई नै प्रयोग गर्दै जुन ढंगले मिडियाको मुख बन्द गराउन प्रयत्न गरेको देखिन्छ । यो अनुपयुक्त हो । सत्यतथ्यमा आधारित समाचार दिने कुरामा मिडिया लाग्नुपर्छ । आफ्नो अनुशासनमा रहनुपर्छ । तपाईंहरुलाई कारबाही गर्ने, गलत समाचार छापिदिएर कारबाही गर्नुपर्ने प्रेस काउन्सिलले नै टुंगो गर्ने हो । एक खालकोअदालत पनि हो । त्यसको भुमिका निस्तेज गर्दै गृह प्रशासनको हिसावले गर्ने हो भने निरंकुशतातिर प्रवेश ग¥यौँ’ उनले भने ।

सञ्चारमाध्यमहरु पनि आफ्नो अनुशासनमा रहनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =