अहिलेको आधुनिक समाजमा बहुविवाहको कल्पना पनि गर्न सकिँदैन : सभापति साह
२०८२ साउन २१ गते

काठमाडौं । महिला तथा सामाजिक समिति सभापति किरणकुमार साहले अहिलेको आधुनिक समाज, सभ्यता संस्कृतिमा बहुविवाहको कल्पना पनि गर्न नसकिने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित वालवालिका सम्बन्धी संसोधन ऐन, २०७५ माथिको छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकारले बहुविवाह सम्बन्धी त्यस्तोे किसिमको कठोर नीति लियो भने सरकारले पनि सरकारबाट हात धुनुपर्ने स्थिति आउने बताए ।
हाल नेपालमा ५१ प्रतिशत महिला रहेको उल्लेख गर्दै उनले महिलाहरु सडकमा आएभने कानून ल्याउनेको हालत के हुन्छ ? भन्दै प्रश्न गरे ।
उनले बहुविवाह विरुद्धको आन्दोलनमा आफू पनि अग्रपंक्ति उभिने प्रतिवद्धता जनाए ।
यस्तोे किसिमको कानून कुनै हालतमा नआउने र आउन पनि नदिने उनको भनाई छ । उनले बालविवाहको विरुद्धमा पनि दृढ संकल्पित रहेको बताए ।
२०८२ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








