चीनसँग आवश्यक समन्वय गरेर ३०–३५ कन्टेनर नेपाल आउने वातावरण बनाऔँ : महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गत असारमा गएको बाढी,पहिरोले केरुङ नाका अवरुद्ध हुँदा नेपाल आउने सबै कन्टेनर रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक बर्तौलाले रसुवागडी केरुङ नाका अवरुद्ध भएका कारण तातोपानी नाकामा चाप परेको बताए । उनले तातोपानी नाकाबाट प्रत्येक दिन आठ÷दश वटा कन्टेनर नेपालतर्फ आउने जाने अवस्था रहेको बताए । चाडपर्व आइराखेको सन्दर्भमा चीनबाट नेपाल आउने सामानहरू बढी ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।
प्रमुख सचेतक बर्तौलाले भने ‘चाडपर्व आइरहेको सन्दर्भमा चाइनाबाट नेपालतर्फ ल्याउनुपर्ने समानहरू पनि थोरै मात्रमा भित्रिरहेको अवस्था छ । नेपाल सरकारले चीनसँग आवश्यक रूपमा समन्वय गरेर ३०–३५ कन्टेनर बनाउँदा सहज हुन्छ । त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले केरुङ रसुवागढी नाका छिटो खुलाउनुपर्नेमा समेत जोड दिए ।








