अष्ट्रेलियामा हुने सिरिजका लागि नेपाली टोली घोषणा, मल्लको कमव्याक

काठमाडौं। अष्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

अगष्ट १४ देखि २४ सम्म अष्ट्रेलियामा आयोजना हुने यो अन्तर्राष्ट्रिय टी–२० सिरिजमा अष्ट्रेलियाका विभिन्न टिमहरूसँगै पाकिस्तान र बंगलादेशका ‘ए’ टिमले सहभागिता जनाउनेछन् ।

कप्तान पौडेलको नेतृत्वमा टोलीमा उपकप्तानका रूपमा दीपेन्द्रसिंह ऐरी छन् । टोलीमा अनुभवी खेलाडी सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी लगायत रहेका छन् ।

घोषित टोली यसप्रकार छ:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी ।

यो सिरिज नेपाली टोलीको लागि आगामी प्रतियोगिताहरूको तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 17 =