देश चरम निराशाको अवस्थामा : हृदयेश त्रिपाठी
२०८२ साउन १८ गते

काठमाडौं । जनता प्रगतिशिल पार्टी (नेपाल) का अध्यक्ष हृदयेश त्रिपाठीले देश चरम निराशाको अवस्थामा पुगेको बताएका छन् ।
आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको अर्थतन्त्र बिग्रिँदो अवस्थामा रहेको र तराई मधेसमा खडेरी र सुख्खाको अवस्था रहेको बताए ।
अहिलेको भूमि विधेयक पारित भए मधेस सकिने उनको दाबी छ । चुरेको जति दोहन हुन्छ त्यति नै मधेस सकिने उनको भनाइ छ । उनले सरकारी कर्मचारीहरुले सुख्खाको मूल कारणमा नगइ नक्कली कारण खोजिरहेको बताए ।
२०८२ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








