ग्यालरी बैठकको पुनःनिर्माण कार्य प्रगतिउन्मुख

काठमाडौं । संसदीय समितिले ग्यालरी बैठकको पुनःनिर्माण कार्य प्रगतिउन्मुख रहेको बताएको छ ।

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकपछि पुरानो संसद भवन अवलोकन गर्न पुगेको संसदीय समितिले पुनःनिर्माण कार्यलाई छिटो सक्न पनि निर्देशन दिएको हो ।

समिति सभापति मायाप्रसाद शर्माले ग्यालरी वैठक पुननिर्माणको अवस्था प्रगतिउन्मुख रहेको भएपनि समयमै सकिनेमा आशंका व्यक्त गरे ।

पुरानो संसद भवन पुरातत्वसँग सम्बन्धित रहेको र यो इतिहासको रक्षा गर्नुपर्ने बताए । ‘यसको कार्य प्रगति हेर्दा प्रगतिउन्मुख छ । बिग्रिएका सामानहरु खालि गराउने काम भएको छ । छिटो भन्दा छिटो यसिलाई सिध्याउनुपर्छ । पुरातत्वसँग सम्बन्धित यो संसद भवन हो । यसको रक्षा गर्न जरुरी छ । यो इतिहासको रक्षा हो । बनाउनेतिर गएको छ । यो खुशीको विषय हो । ढिला भएको छ । अब छिटो सक्नुपर्छ’ उनले भने ।

समितिले आज पुरातत्व विभागसँग ग्यालरी वैठकको पुरातात्विक सम्पदाको संरक्षण, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल गरेको छ ।

साथै शहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी वैठक पुननिर्माणको अवस्था र निर्माणाधीन संसद भवनको पछिल्लो अवस्थाबारे छलफल पनि छलफल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =