बल्थलीका दुई बस्तीमा पुन : खानेपानी उपलब्ध

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ स्थित बल्थलीमा सञ्चालित बाढी पहिराले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरिएको छ ।

वि.सं २०८१ असोजको बाढी पहिराले क्षति पुराएको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिस्टम’मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो ।

बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर, एक धारा’ कार्यक्रममा जोडिएका हुन् । वि.सं २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढी पहिराले क्षति पुर्याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार तामाङले बताए ।

उनका अनुसार १९ लाख नौ हजार ४०० खर्चेर एक सय २३ धारासहित दुई वटा २० हजार क्षमताको पानी ट्याङ्की निर्माण गरिएको छ । यस्तै जनश्रमदानबाट चार लाख १८ हजार खर्चिएको हो ।

एक सय २३ परिवार नै तामाङ समुदायका हुन् । हाल खानेपानीको सुरक्षित प्रयोग, गुणस्तरीय खानेपानीका लागि उपभोक्ताको भूमिका र सरसफाइका तरिकाबारे स्थानीय बालबालिकालाई समेत सचेत गराइएको वडाध्यक्ष विपिन लामाले बताए ।

उनका अनुसार विपत्तिपछि केही समयका लागि खानेपानीको हाहाकार हुँदा नगरबाट उपलब्ध सामग्रीमार्फत अस्थायी रूपमा खानेपानी व्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =