डा.भोला रिजालले अवलोकन गरे काठमाडौं नेशनल मेडिकल कलेज (तस्बिरहरू)

काठमाडौं । डा.भोला रिजालले काठमाडौं नेशनल मेडिकल कलेजको अवलोकन गरेका छन् ।

डा.रिजालले काठमाडौँको घट्टेकुलो, अनामनगरमा रहेको काठमाडौं नेशनल मेडिकल कलेजको अवलोकन गरेका हुन् । काठमाडौं नेशनल मेडिकल कलेज भोली शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदै छ ।

काठमाडौं नेशनल मेडिकल कलेजको अवलोकन गर्दै डा.रिजालले काठमाडौँको मुटुमा सुविधासम्पन्न अस्पताल सञ्चालनमा आउनु आफैमा गौरवपूर्ण रहेको बताए ।

उनले अस्पतालको सञ्चालनको खबरले आफूलाई खुसी लागेको बताउँदै गुणस्तरीय सेवा दिन सुझावसहित शुभकामना व्यक्त गरे ।

डा.रिजाललाई कलेजका सञ्चालक बसरुद्दीन अन्सारीले स्वागत गरेका थिए । उनले डा.रिजाललाई अस्पतालको सेवाबारे जानकारी गराएका थिए ।

अन्सारीको नेतृत्वमा रहेको यो अस्पतालले बिरामीलाई गुणस्तरीय, सुलभ र विश्वासिलो सेवा दिने प्रतिबद्धता जनाएको छ ।

अन्सारीले यसअघि नेशनल मेडिकल कलेज २५ वर्षसम्म सञ्चालन गरेका थिए भने पछिल्ला चार वर्ष नेपाल मेडिकल कलेजको सञ्चालनमा संलग्न थिए । अब उनले काठमाडौँको केन्द्रमा नयाँ मेडिकल कलेजमार्फत सेवा विस्तार गर्न लागेका हुन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =