मण्डलामा अमेरिका पुग्ने संघर्षको नाटक ‘स्वर्णदेश’को मञ्चन (तस्बिरहरू)

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘स्वर्णदेश’ को मञ्चन सुरु भएको छ । मौलिक कथावस्तु रहेका यस नाटकले अवसर र गुणस्तरीय जीवनको खोजीमा अवैध मार्गबाट अमेरिका जाने नेपालीहरूको कष्टकर यात्रालाई प्रस्तुत गरेको छ ।

‘स्वर्णदेश’ को यात्रामा आप्रवासीहरूले भोग्ने शारीरिक र भावनात्मक पीडालाई प्रस्तुत गर्दै नाटकले मानव अधिकार, बसाइँसराइ र सपनाको खोजीमा मातृभूमि छोड्नेहरूको वास्तविकतालाई देखाउँछ । नाटकमा भएका प्रतीकात्मक पात्रहरू हाम्रै समाजका सरकारी उदासीनता, गरिबी, अन्याय र भौगोलिक दृष्टिले पिछडिएका वास्तविक पात्रहरू रहेका छन् । जसले राष्ट्रका अवस्थाको बारे प्रतिबिम्बित गर्दै समाजको ऐना बन्ने काम गरेका छन् ।

विशेषतः युवाहरू सुनौलो भविष्यको खोजीमा ‘स्वर्णदेश’ तर्फ लम्किदा ‘हामीले के गुमाउँछौँ ?’ र त्यसको मूल्य ‘स्वर्णदेश’ ले वहन गर्न सक्दैन भन्ने सन्देश यस नाटकले दिएको छ ।

सरिता कठायतद्वारा लिखित यस नाटकलाई आकाश नेपालीले निर्देशन गरेका हुन् । नाटकमा कलाकार सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपी, गर्निको ‘निक’ कुल्मर, सन्देश कार्की, परितोषिका पन्त, उज्ज्वल बान्तवा राई, चिराग पनेरु, आरती गौतम, अनिल कुर्मी र आदित्य मिश्रले अभिनय गरेका छन् ।

गत साउन ९ गतेदेखि मञ्चन सुरु भएको यस नाटक साउन २५ गतेसम्म सोमबार बाहेक हरेक साँझ ६ :४५ मा मञ्चन हुनेछ । साथै शनिवार दिउँसो ३ : ३० बजे पनि अतिरिक्त शो रहेको छ ।

हेर्नुहोस् मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले कैद गरेका नाटक ‘स्वर्णदेश’ का तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =