NAIMA २०२५ मा सार्वजनिक हुँदै नेपालको लागि नयाँ Forthing EV

काठमाडौँ । नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (EV) बजारमा नवीनता र प्रविधिमा आधारित समाधान ल्याउने उद्देश्यसहित लक्ष्मी ई-मोबिलिटीले चीनको उदीयमान इलेक्ट्रिक गाडी ब्रान्ड Forthing नेपाली बजारमा ल्याउने घोषणा गरेको छ।

Forthing को पहिलो मोडल आगामी श्रावण २१ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने NAIMA २०२५ (नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी) मा सार्वजनिक गरिनेछ।

लक्ष्मी ग्रुप, जुन सन् १९७३ देखि नेपालको व्यापारिक क्षेत्रमा क्रियाशील छ, अटोमोबाइल क्षेत्रमा Hyundai, BMW, KaiyiSML ISUZU जस्ता विश्वविख्यात ब्रान्डमार्फत यात्रुवाहक र मालवाहक सवारी साधन वितरण गर्दै आएको छ। अब Forthing को प्रवेशसँगै यस समूहले EV सेग्मेन्टमा थप गहिरो उपस्थिति बनाउने भएको छ।

लक्ष्मी मोटर कर्पोरेशन (LMC) द्वारा नवलपरासीको रामग्राममा हालै सञ्चालनमा ल्याइएको नेपालको पहिलो फोर-ह्वीलर एसेंब्ली प्लान्टले अटो उद्योगमा ऐतिहासिक उपलब्धि थपेको छ। साथै, RE-Lax नामक चार्जिङ र रिपेयर नेटवर्क अन्तर्गत देशभर ६३ भन्दा बढी स्टेशनहरू विस्तार गरी EV पूर्वाधार सुदृढ गरिएको छ।

Forthing ब्रान्ड अन्तर्गत ल्याइने प्रिमियम इलेक्ट्रिक SUV मा ६४.४ kWh ब्याट्री, ९९ kW मोटर जडान गरिएको छ, जसले एक पटक चार्जमा ४०० किलोमिटर भन्दा बढी दूरी तय गर्न सक्छ। यसमा प्रयोग गरिएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले सहज र शक्तिशाली ड्राइभिङ अनुभव दिनेछ। साथै, गाडीको भित्री सजावट, प्रविधि, र प्रयोग सहजतालाई विशेष प्राथमिकता दिइएको छ।

लक्ष्मी ई-मोबिलिटीका प्रवक्ताले भने “Forthing केवल नयाँ गाडी मात्र होइन, यो भविष्यको मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण हो। हामी नेपाली उपभोक्तालाई विश्वस्तरीय इलेक्ट्रिक प्रविधिमा सहज पहुँच दिलाउन प्रतिबद्ध छौं, त्यो पनि लक्ष्मीको चार दशक लामो विश्वासिलो इतिहाससहित।”

NAIMA २०२५ मा Forthing को स्टल नम्बर A4 मा गाडीको प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।

यस वर्षको NAIMA प्रदर्शनी नेपालको सबैभन्दा ठूलो अटो शो हुने अपेक्षा गरिएको छ, जहाँ इलेक्ट्रिक मोबिलिटी, स्मार्ट ट्रान्सपोर्ट सिस्टम र दिगो सवारी भविष्य लाई केन्द्रबिन्दुमा राखिएको छ।

Forthing सँग सहकार्य गर्दै, लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा वातावरणमैत्री र प्रविधिमा आधारित सवारी समाधानहरू ल्याउने आफ्नो यात्रालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =