काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको तयारी गरिरहेको काठमाण्डु गोर्खाजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाण्डु गोर्खाजले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो ।

काठमाण्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र सिइओ सुरज सिंह ठकुरीले उक्त लोगो सार्वजनिक गरेका हुन् । उक्त लोगोमा काठमाडौँको संस्कृत प्रतिनिधित्व गर्ने गरी समेटिएको छ ।

काठमाण्डु गुर्खाजको नामबाट पहिलो संस्करण खेलेको फ्रेन्चाइज टोली अब काठमाडौँ गोर्खाज हुने भएको छ । काठमान्डु गोर्खाजले बागमती प्रदेशका चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोटाको सेरोफेरोमा रहेर क्रिकेट गतिविधि पनि गर्ने उल्लेख गरेको छ ।

यसै क्षेत्रका समर्थकलाई पनि समेट्ने काठमान्डु गोर्खाजको योजना छ । बिहीबार नै भएको पत्रकार सम्मेलनमा काठमाण्डु गोर्खाजले आगामी सिजनका लागि मुख्य प्रायोजकका रूपमा वर्ल्ड लिङ्कसँग र हस्पिटालिटी पार्टनरका रोयल टुलिप काठमाडौँसँग सहकार्य गरेको छ । यसका लागि काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले वर्ल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालसँग र रोयल टुलिपका जनरल म्यानेजर बलराम पाठकसँग सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

गत सिजन काठमाण्डु प्लेअपमा पुग्न असफल भएको थियो । तेस्रो र चौथो स्थानका टोलीसँग सामना अंक भएपनि नेट रनरेटमा पछि पार्दा काठमाण्डु पाँचौँ स्थानमा सीमित भएको थियो ।

यसपल्ट काठमान्डुले व्यवस्थापन, लोगो र प्रशिक्षकमा पनि परिवर्तन गरेको हो । नेपाली राष्ट्रिय टोली समालिसकेका मोन्टी देसाई काठमान्डु गुर्खाजको प्रशिक्षकमा नियुक्त भइसकेका छन् । उनको प्रशिक्षण टोलीमा वसन्त शाही हुनेछन् । शाही यसअघि टोलीका मुख्य प्रशिक्षक थिए । काठमान्डु गोर्खाजको मार्की खेलाडी करण केसी हुन् ।

उनले आगामी सिजन उपाधि जित्ने आशा व्यक्त गरेका छन् । काठमान्डु गोर्खाजले भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरिसकेको छ । सो अवसरमा नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काले फ्रेन्चाइज टोलीले अपग्रेड गरे मात्र एनपिएलको स्तर विकास हुने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =