चितवन राइनोजको लोगोमा नयाँ स्पर्श – एनपीएल सिजन २ का लागि सानो परिवर्तन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले सिजन २ को लागि आफ्नो टिम लोगोमा सानो तर महत्त्वपूर्ण परिवर्तन सार्वजनिक गरेको छ ।

गत सिजनको लोगोमा ‘चितवन’ भन्ने शब्दलाई अगाडि राखिएको थियो, जुन सहरको पहिचानमा केन्द्रित थियो ।

तर, यसपटकको लोगोमा ‘राइनोज’ अर्थात् गैँडालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ । एक यस्तो प्रतीक जसले टिमको मर्म र फ्यानहरूको भावना दुवैलाई जोड्ने जनाइएको छ ।

यो परिवर्तन केवल डिजाइनमा होइन, समर्पण र गर्वको झल्को पनि भएको बताइएको छ । अबको लोगोमा देखिएको गैँडा, चितवन, नेपाली क्रिकेट, र एनपीएललाई माया गर्ने लाखौँ समर्थकहरूको प्रतिनिधि बनेर अगाडी आएको बताइएको छ ।

चितवन राइनोजले आफ्नो विज्ञप्तिमा भनेको छ — भाव उही हो, पहिचान अझ मजबुत बनेको छ। गैँडा चितवनको मात्र होइन, पूरै देशको गर्व हो। यही प्रतीकलाई लिएर हामी सजन २ मा अझ बलियो तरिकाले उत्रन तयार भएका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =