आगामी नोभेम्बरमा अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) को आयोजनामा आगामी नोभेम्बरमा अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ ।

काठमाडौंमा मंगलवार पत्रकार सम्मेलनमार्फत् आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

क्युकेएस अन्तर स्कुल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर २० मा धुम्बाराही क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।

खेलहरू १० ओभरका हुनेछन् । क्युकेएसको छातामुनि रहेका २५ स्कुलमध्ये १६ टोलीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

प्रतियोगिताका सहभागीले आफ्नो स्कुलमा अध्ययनरत छात्र तथा छात्रा दुवैलाई पनि टिममा समावेश गर्न पाउने व्यवस्था राखिएको आयोजकले जानकारी गरायो ।

यो प्रतियोगिता लिगकम नकआउट प्रणालीमा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेतासँगै सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, सर्वोत्कृष्ट बलर र सर्वोत्कृष्ट ब्याटरले पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 13 =