एमालेसँगको गठबन्धनमा समस्या आउँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको गठबन्धनमा कुनै समस्या नआउने दाबी गरेका छन् ।

सोमबार सम्पन्न केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले वर्तमान सत्ता गठबन्धन दीर्घकालीन रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

‘एमालेसँगको गठबन्धन जुन छ, यसमा अहिलेसम्म मात्रै होइन, भोलिसम्म पनि मलाई विश्वास छ,’ सभापति देउवाले भने, ‘यो गठबन्धन पूरा समय रहन्छ ।’

उनका अनुसार दुई ठूला दलहरूबीच साना मोटा कुरा स्वाभाविक भए पनि गम्भीर समस्याको रूपमा बुझ्न नहुने बताउँदै सहमतिमा अघि बढ्न सकिने उनले स्पष्ट पारे ।

‘दुई ठूला पार्टीबीच गठबन्धनमा समस्या आउनुलाई ठूलो ठान्न हुँदैन, छलफल गरेर मिलाउन सकिन्छ,’ देउवाले भने, ‘केही कुरा आए पनि हामी त्यसलाई समस्या बन्न दिँदैनौं ।’

देउवाले कांग्रेस र एमालेबीच सल्लाह र सहमतिमा काम अगाडि बढिरहेको दाबी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =