राजनीतिक स्थायित्वमार्फत समृद्धिको जनआकांक्षालाई पूरा गर्नु हाम्रो साझा दायित्व हो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्व भएको बताएका छन् ।

सोमवार शीतल निवासमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली जनताको त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । नेपालीहरूले रोजेको लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे ।

सुशासनको प्रत्याभुतिसहति शान्ति, न्याय र स्वतन्त्रताको अनुभूति आम नागरिकलाई गराउन उत्तिकै जरुरी रहेको बताए ।

राष्ट्रपति पौडेलले भने ‘सामाजिक न्यायको लागि समाजको अभियान र योगदान महत्वपूर्ण छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भुमिका प्रशंसनीय छ । समाजमा योगदान गरेका मानिसहरूको नाममा स्थापित पुरस्कार प्रदान गर्ने यस्तो अभ्यासले मानिसलाई असल काम गर्न प्रेरित गर्दछ । बद्रीप्रसाद पहाडी सामाजिक क्षेत्रमा परिचित हुनुहुन्छ । नेपाली जनताको त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । हामीले रोजेको लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता हो । सुशासनको प्रत्याभुतिसहति शान्ति, न्याय र स्वतन्त्रताको अनुभूति आम नागरिकलाई गराउन उत्तिकै जरुरी छ । राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु हाम्रो साझा दायित्व हो ।’

राष्ट्रपति पौडेलले समाजमा योगदान गरेका मानिसहरूको नाममा स्थापित पुरस्कार प्रदान गर्ने अभ्यासले मानिसलाई असल काम गर्न प्रेरित गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =