भगवान् शिव चाम्लिङ हुनसक्छन्: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव चाम्लिङ हुनसक्ने बताएका छन् ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताए । हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको बताउँदै भगवान् शिव पनि चाम्लिङ हुनसक्ने उनको अनुमान छ । तर आफूले दाबी भने नगरेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने ‘वेद व्यास यहीँ तनहुँका थिए । कपिलमुनी त्यहाँ कपिलवस्तुका थिए । सिद्धार्थ गौतम (गौतम बुद्ध) लुम्बिनीका थिए । शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौँ । शिवजी चाम्लिङ थिए की के हो जस्तो लाग्छ कहिले काहीँ । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो । शिवजी चाम्लिङ पनि हुन सक्छन् । म दाबी गर्दिन त्यसमा, मेरो कुनै दाबी होइन । तर अनुमान हो । अथवा अरु पनि हुनसक्छ । माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुनसक्छ । तर भेग त्यही हो । ’

प्रधानमन्त्री ओलीले वेद व्यास, कपिलमुनी, गौतम बुद्ध नेपालमै जन्मिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =