रास्वपाले जनताको मन जित्दै गएपछि पुराना दल आत्तिए : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले देशको समृद्धि र परिवर्तनका लागि राजनीति सुधार आवश्यक रहेको बताएकी छन् ।

उनले राजनीति सुधारको जिम्मेवारी जनमतमा रहेको उल्लेख गर्दै, जनताले मात्र सफा राजनीति निर्माण गर्न सक्ने विश्वास व्यक्त गरिन् ।

शनिवार चितवनमा आयोजित राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानमा बोल्दै सांसद गौतमले भनिन्, ‘यो देशमा कायापलट गर्नुपर्ने छ भने पहिला राजनीतिलाई सुधार्नुपर्ने छ । राजनीति सफा गर्न पक्कै पनि जनमतले मात्रै सफा गर्न सक्छ ।’

सांसद गौतमले आगामी चुनावमा प्रत्येक नेपाली नागरिकलाई मतदानको महत्त्व र देश परिवर्तनको अभियानमा सक्रिय हुने आव्हान पनि गरिन् । उनले भनिन्, ‘देश बनाउनमा नेताकै जति नागरिकको योगदान छ ।’

रास्वपा सभापति रवि लामिछानेविरुद्धको राजनीतिक प्रतिशोध साँधिएको बताइन् । उनले लामिछानेको नेतृत्वमा बनेको नयाँ पार्टीले जनताको मन जित्दै अघि बढिरहेको देखेपछि पुराना राजनीतिक दलका नेताहरूलाई चिन्ता बढेको बताइन् ।

‘आज रास्वपा सभापति रवि लामिछानेलाई दबाउन झुटा मुद्दा लगाएर, कानुनको दुरुपयोग गरेर कारागारमा राखिएको छ,’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =