सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को शनिबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारबाट बाहिरिने निर्णयको पुष्टि गरिन् । ‘आज हामी संसदीय दलको बैठक बसेका थियौं र त्यसमा हामीले सरकारबाट बाहिरिने र प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,’ अध्यक्ष श्रेष्ठले भनिन् ।

नागरिक उन्मुक्ति पार्टी अहिले संघीय सरकारको हिस्सा रहेको भएपनि, पार्टीका सांसद अरुण चौधरी संस्कृति, पर्यटन र राज्यमन्त्रीको रूपमा कार्यरत छन् । पार्टीको निर्णय अनुसार चौधरी पनि भोलि प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारीमा छन् ।

‘उहाँले पनि भोलि नै राजीनामा बुझाउनुहुन्छ,’ श्रेष्ठले थपिन् ‘हामी सदनलाई पनि भोलि जानकारी गराउनेछौं ।’

नागरिक उन्मुक्ति पार्टीको सरकारबाट बाहिरिने निर्णय गरेसँगै नयाँ राजनीतिक समीकरण बन्ने चर्चा समेत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =